ट्रेण्डिङ

होमपेज / समाज

बागचौर नगरपालिकाले २५ वेडको आइसोलेशन निमार्ण गर्ने

  तारादेव शर्मा प्रदर्शन २०७८ बैशाख २३ गते बिहीबार १५:३२:१५ मा प्रकाशित

तारादेव शर्मा वैशाख २३,सल्यान 
बागचौर नगरपालिकाले २५ वेडको आइसोलेशन निमार्ण गर्ने भएको छ । बिहीबार नगर कार्यपालिकाको वैठ्कले नगरपालिकाको नयाँ भवनमा २५ वेडको आइसोलेशन निमार्ण गर्ने निर्णय गरेको हो । 

आइसोलेशन वार्ड सञ्चालनका लागि नगरपालिकाबाट मेडिकल अधिकृत १, स्टाफ नर्श २, एच ए २, अनमी २ र स्वयमसेवक ४ जनाको जनशक्ति परिपूर्ति गर्ने निर्णय गरेको छ । 
यस्तै वैठ्कले नगरभित्रका कोरोनाको लक्षण भएका र कोरोनाको पहिचान भएका आफै सवारी साधनको व्यवस्था गर्न नसक्ने विरामीहरुको लागि सम्बन्धित वडाको समन्वयमा खलंगा अस्पतालसम्म जानको लागि नगरपालिकाबाट सवारी साधनको व्यवस्था निःशुल्क गर्ने र कोरोनाबाट विरामी भई मृत्यु भएमा खलंगाबाट निजको घरसम्म शव बाहनको लागि नगरपालिकाले निःशुल्क व्यवस्था गर्ने निर्णय गरेको वडा न १२ का वडाध्यक्ष दिपक वलीले जानकारी दिए । उक्त प्रयोजनका लागि नगरपालिकाको एम्बुलेन्स र एक निजि सवारी साधन भाडामा लिने निर्णय भएको उनको भनाई छ । 

विदेशबाट आएर र नगर बाहिरबाट आएका व्यक्तिहरु अनिवार्य रुपमा १४ दिन होम आइसोलेशनमा बस्न पनि आग्रह गरिएको छ । 
वैठ्कले मेडिकल तथा निजि अस्पतालहरुले कोरोना लक्षण भएका विरामीहरुलाई अन्तिम अवस्थामा मात्र रिफर गर्ने गरेको जनगुनासो आएकाले त्यस्ता विरामीहरुलाई परीक्षणका लागि तत्काल रिफर गर्न सूचित गर्ने निर्णय समेत भएको वलीको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top