ट्रेण्डिङ

होमपेज / समाज

सोलारको व्याट्री पड्किँदा सल्यानमा दुई घर जलेर नष्ट

  प्रकाश शर्मा २०७८ बैशाख २० गते सोमबार १८:०१:१७ मा प्रकाशित

प्रकाश शर्मा शर्मा वैशाख २०,सल्यान 
सल्यानमा सोलारको व्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएका छन् । जिल्लाको दार्मा गाउँपालिका ३ मगरखोलाका चन्द्र बहादुर रोकाहा र दुर्गा बहादुर रोकाहाको घर जलेर नष्ट भएको हो । 
सोमबार बिहान ११ बजेतिर चन्द्र बहादुर रोकाहाको घरमा रहेको सोलारको व्याट्री पड्किएको इलाका प्रहरी कार्यालय दार्माले जनाएको छ । आगलागीबाट दुवै घर जलेर नष्ट भएका छन् भने ३५ लाख बराबरको क्षति भएको कार्यालयले जनाएको छ । 

आगलागिबाट घरबाट खाद्यन्न, लत्ताकपडा, नगद र सुन जलेर नष्ट भएको पिडितले बताएका छन् । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दार्मा इन्चार्ज तेज बहादु बुढाले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top