होमपेज / समाज
प्रकाश शर्मा वैशाख ७,सल्यान
सल्यानमा पौडी खेल्ने क्रममा डुवेर सात वर्षीया बालिकाको मृत्यु भएको छ ।
जिल्लाको दार्मा गाउँपालिका ३ बेरुखेतकी सात वर्षीया आरोही वि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मंगलबार दिउँसो साथीहरुसँग दार्मा खोला स्थित बाल्लाई रह भन्ने ठाउँमा पौडी खेल्न गएकी वि.कको डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए । मुचुल्काको लागि इलाका प्रहरी कार्यालय थारमारेबाट टोली पुगेको र मुचुल्का पश्चात घटनाको विस्तृत विवरण आउने उनको भनाई छ ।





.jpg)