ट्रेण्डिङ

होमपेज / समाज

जंगलमा लागेको डढेलो बस्तीमा पस्दा सल्यान राम्रीका पाँच घरगोठ जलेर नष्ट

  संजिब शर्मा २०७८ बैशाख ७ गते मंगलबार ०७:२१:३३ मा प्रकाशित

वैशाख ७,सल्यान  
 कुमाख गाउँपालिकाको एक जंगलमा लागेको डढेलो बस्तीमा पस्दा ५ घरगोठ जलेर नस्ट भएका छन् । कुमाख गाउँपालिका वडा न ३ मा र रहेको रातपहरा सामुदायिक वनमा लागेको डढेलो राम्रीको गाउँमा पसेको थियो । 

आगोले नन्दराम वलीको १ घर र १ गोठ, क्षेत्र बहादुर वलीको १ घर र १ गोठ होतिराम वलीको १ गोठ पूर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । आगलागीबाट घर भित्र रहेको अन्नपात, लत्ताकपडा, गरगहना, नगद गरी झन्डै २० लाख २० हजार बराबरको क्षति भएको उनको भनाई छ । बस्तीमा पसेको आगो प्रहरी, स्थानीयको सहयोगमा नियन्त्रणमा आएको छ । 

लामो समयको खडेरीका कारण सल्यानका अधिकांस वनहरुमा अहिले डढेलो लागी रहेको छ ।  
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top