ट्रेण्डिङ

होमपेज / समाज

नेपाल रेडक्रस सोसाइटी दार्माको त्रैमासिक समन्वय बैठक सम्पन्न

  प्रकाश शर्मा २०७८ बैशाख ४ गते शनिबार ०८:४७:४९ मा प्रकाशित

प्रकाश शर्मा वैशाख ४,सल्यान  
नेपाल रेडक्रस  सोसाइटी एकिकृत सामुदायिक  उत्थानशिल परियोजनाको  त्रैमासिक समन्वय वैठ्क सम्पन्न भएको छ ।

समन्वय वैठ्कमा स्वास्थ्य सम्बन्धि  २१ वटा समुहका ७००जना  महिलासँग पाटेघर खस्ने समस्याको पहिचान तथा  निदान बारे छलफल गरिएको,  ६ वटा माध्यमिक विद्यालयमाजुनियर युवा सर्कल गठन  गठन गरिएको प्रगति विवरण सार्वजनिक गरिएको छ । यस्तै मालिका लिप्ट खानेपानीको  डिटेल सर्बे गरि सामान खरिदमा टेन्डर गरिएको, स्थानीय  सरकार र सरोकारवालासंग पहिलो समन्वय बैठक गरिएको उपसाखा दार्माका सचिब प्रकास शर्माले जानकारी दिए ।  

खर्चे पातल लिप्ट खानेपानी डिटेल सर्बे ,  प्रत्येक मा बि मा खानेपानी स्वच्छता  समिति गठन, सबै वडामा  अति संकटमा परेका एक लाख साठ्ठि हजार सम्मका सिचाइ, एक लाख पचास हजार सम्मका खानेपानी योजना छनोट र सर्बेगरिएको जानकारी गराइएको उनको भनाई छ ।  

बैठकमा दार्मा गाउपालिका अध्यक्ष  निम बहादुर केसी, उपाध्यक्ष  टिका शर्मा नेपाल रेडक्रस  साखा सल्यानका मन्त्री  किशोर कुमार हमाल सबै वडा अध्यक्ष हरु कार्यालय प्रमुख शाखा प्रमुख सरोकारवाला सबैको उपस्थिति रहेको थियो  । बैठकमा परियोजना अधिकृत रामप्रसाद भण्डारीले प्रगति प्रतिबेदन गरेको थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top