ट्रेण्डिङ

होमपेज / समाज

दार्मा गाउँपालिकामा नागरिक सहायता केन्द्र

  प्रकाश शर्मा २०७७ चैत्र १२ गते बिहीबार १६:१३:०० मा प्रकाशित

प्रकाश शर्मा चैत १२,सल्यान 
सल्यानको दार्मा गाउँपालिकामा नागरिक सहायता केन्द्र स्थापना गरिएको छ ।

गाउँपालिकाको कामको शिलशिलामा आएका सेवाग्राहीलाई चुस्तदु्रस्त सेवा प्रदान गर्न सहायता कक्ष स्थापना गरिएको हो । छोटो समयमा सहज र सरल तरिबाट कामकाज गर्न गाउँपालिकाका सामाजिक परिचालक तारा केसीको नेतृत्वमा सहायकता केन्द्र गठन गरिएको गाउँपालिकाका सुचना अधिकारी नेम बहादुर केसीले जानकारी दिए ।

उक्त केन्द्रका सेवाग्राहीको सहयोग, गुनासो सुनुवाई तथा निःशुल्क फोटोकमी सेवा प्रदान गरिने उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top