होमपेज / समाज
प्रकाश शर्मा चैत १२,सल्यान
दार्मा गाउँपालिकामा शुसाशनमा नागरिक सहभागिता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
दलित विकास समाज सल्यानको आयोजनामा सहभागितामुलक योजना निर्माण र कार्यान्वयन प्रकृया सम्बन्धी स्थानिय सरोकारवालाहरुसंग अन्तरकृया कार्यक्रम बीहिबार सम्पन्न भएको हो । कार्यक्रममा दार्माका जनप्रतिनिधि , प्रत्येक शाखाका शाखा प्रमुुख वडा अध्यक्ष लगायत सरोकारवालाहरु ३५ जना को सहभागिता रहेको थियो । कार्यक्रममा दलित विकास समाज सल्यानका कार्यक्रम अधिकृत गुमान सिङ नेपालीले कार्यक्रमकाबारे गराएका थिए। तीनै तहका सरकारले गरेका काम कारवाहीको जनस्तरबाट अनुगमन तथा निरीक्षण हुँन सकेमा मात्र विकास दिगो र शुसाशनको प्रत्याभूति हुने उनको भनाई छ ।
दिगो विकासका लक्ष्यलाई आत्मसाथ गरी अघि बढ्न तीनै तहका सरकार पारदर्शी र जनमुखी हुनु पर्ने उनको भनाई छ । जनसहभागिता विनाको विकास निमार्ण स्थायी र दिगो हुन नसक्ने भएकाले हरेक काममा नागरिकले अनुगमन गर्नु पर्ने उनको भनाई छ ।





.jpg)