होमपेज / समाज
प्रकाश शर्मा चैत ११,सल्यान
दार्मा गाउँपपालिकाका सामुदायिक समुहका सदस्यका लागि वकालतिय ज्ञान सिप अभिबृद्धि सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । दलित विकास समाज सल्यानको आयोजनामा चैत्र ९ गतेदेखि तालिम सञ्चालन भएको थियो ।
तालिममा सामुदायिक समुहहरुबाट २० जना सदस्यहरुको उपस्थित थियो ।तालिममा नयाँ संविधानले जनमूखी शासनको प्रवद्र्धनका लागि नयाँ आयाम थपेको, । नागरिक तहमा मौलिक हकको सुनिश्चताले अधिकार धेरै हदसम्म साधारण जनताको हातमा पुगेको, अब हाम्रो अधिकार हनन् नहुने ऐन र कानुन पनि आईसकेका विषयमा सहभागिहरुलाई जानकारी गराइएको थियो । यस्तै परिवर्तित राजनैतिक परिवेश, संवैधानिक अधिकार तथा संघीयताको विषयमा जानकारी प्रदान गर्ने कार्य समेत भएको दलित विकास समाज सल्यानका कार्यक्रम अधिकृत गुमान सिहं नेपालीले जानकारी दिए ।
कानुन, ऐन, नीति, र नियमले अब हाम्रो लागि धेरै हदसम्म बाटो खुला गरिदिएको छ । सीमान्तकृत वर्गको अधिकार सुनिश्चित गर्न आयोगको गठन गर्ने परिकल्पना पनि संविधानले गरेको छ । महिला,
दलित, थारु, मुस्लिम, प्राकृतिक स्रोत, आदिवासी जनजाती जस्ता आयोगहरु गठन भएको बारे जानकारी समेत गराइएको थियो ।





.jpg)