ट्रेण्डिङ

होमपेज / समाज

दार्माको मलिक्चामा घर घरमा खानेपानीका धारा, स्थानीय खुशी

  प्रकाश शर्मा २०७७ फाल्गुण २३ गते आइतबार १८:०८:१६ मा प्रकाशित

प्रकाश शर्मा फागुन २३,सल्यान 
बर्षेनी गर्मियाममा पानीको समस्या हुने गाउँमा घर घरमा पानी पुगेपछि सहज भएको छ । जिल्लाको दार्मा गाउँपालिका वार्ड न ६ मलिक्चाका स्थानियको घर घरमा पानी पुगेपछि उनिहरुलाई सहज भएको हो ।
दैनिक धारामा पानी खस्न थालेपछि वर्षौदेखिको खानेपानीको समस्या समाधान भएको स्थानीय कमल थापाले बताए । उनले भने ‘सधै खडेरीमा पानीको समस्या हुन्थ्यो, अहिले घरमा धारा जोडेपछि समस्या छैन ।’ 


विभिन्न कुवा तथा  खाेलाकाे पानी खाने स्थानियले ती पनि सुकेर हैरानी खेप्न परेको पिडा सुनाउदै अब निक्कै सजिलो भएको पवित्रा वि.कको  अनुभव छ । घरमा नै पानी आएपछि नुहाउन र कपडा धुन समेत टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाई छ । ‘जसले समयको पनि बचत हुन्छ’ उनले भनिन ।

वषौं देखि खानेपानीको समस्या झेल्दै आएका मलिक्चाका बासिन्दाहरु अब भने खानेपानीको पहुँचमा पुगेका छन । ‘झन्डै एक घण्टा हिडेर पधेरीखोलाको पानी बोकेर पानी खाइन्थ्यो जीवन चन्दले भने‘अहिले त सबैका घर घरमा कलकल बग्ने धारा बनिसके’ । सबैको घरमा प्रशस्त पानी उपलब्ध भएपछी व्यक्तिगत सरसफाई, शौचालयको राम्रो प्रयोग र घर वरपरको वातावरण पनि सफा स्वच्छ राख्न सकिने चन्दले बताए । 

पानी खानको लागि मात्रै धेरै समस्या खर्चिने गरेका थियौं उनले भने ‘अब त आफ्नो आँगनकै धाराबाट जुनसुकै समयमा पनि प्रशस्त पानी उपभोग गर्न पाउने भइयो धेरै खुसी छौं ।’
लिफ्ट प्रविधिबाट नेपाल रेडक्रस सोसाइटीको २१ लाख २३ हजार ५ सय २० र जनश्रमदान ६ लाख १८ हजार ६ सय ७५ गरी २७ लाख ४२ हजार १ सय ९५ रुपैयाँको लागतमा खोनपानी योजना सम्पन्न भएको पधेरीखोला मलिक्चा लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष यज्ञ बहादुर वि.कले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top