होमपेज / समाज
सञ्जीव शर्मा माघ १६,सल्यान
सल्यानको कुमाख गाउँपालिका वडा न २ ले वडाका ४ सय २६ घरपरिवारलाई फिल्टर वितरण गरेको छ । प्रदुषित पानी पिउँदा विभिन्न सरुवा रोगहरु लाग्ने भएकाले त्यसलाई न्युनिकरण गर्न सहयोग पुगोस भन्ने उद्देश्यका साथ फिल्टर वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
स्वच्छ र सफा पानीको अभावका विभिन्न संक्रामक रोगहरु लाग्ने भएकाले त्यस प्रकारका रोगहरुबाट बचाउन वडा ४ सय २६ घरपरिवारलाई फिल्टर विवतरण गरिएको वडाध्यक्ष शेर बहादुर रावतले बताए ।
घरपरिवारको स्वास्थ्य अवस्थालाई मध्य नजर गर्दै उनीहरुकै माग अनुसार फिल्टर वितरण गरिएको उनको भनाई छ । समय अनुसार नागरिकको बाँच्ने शैली फरक हुनुपर्छ भन्ने सोचका साथ यस्तो खालको कार्यक्रमलाई वडाले प्राथमिकता दिएको रावतको भनाई छ ।
अर्को वर्ष वडाका सबै घरधुरीमा स्वच्छ खानेपानीका लागि फिल्टर पुग्ने उनले बताए । आर्थिक वर्ष २०७७÷०७८ को लक्षित वर्गको कार्यक्रम अन्र्तगत वडाका ४ सय २६ घरधुरीलाई फिल्टर वितरण गरिएको उनको भनाई छ ।





.jpg)