ट्रेण्डिङ

होमपेज / समाज

दार्मामा दुई महिने कृषि औजार निमार्ण तथा आरन सुधार तालिम

  प्रकाश शर्मा २०७७ पौष २६ गते आइतबार १७:४६:२६ मा प्रकाशित

प्रकाश शर्मा पुस २६,सल्यान 
जिल्लाको दार्मा गाउँपालिकामा दुई महिने कृषि औजार निमार्ण तथा आरन सुधार तालिम सुरु भएको छ ।

दार्मा गाउँपालिका र उद्योथ तथा उपभोक्ता हित संरक्षण समितिको सल्यानको संयुक्त लगानीमा वडा न २ को मौलेखालीमा तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष निम बहादुर केसीले परम्परागत कृषिका औजारको सुधारका माध्यमबाट आर्थिक उपार्जनमा जोड दिनु पर्ने बताए । प्रविधिको प्रयोगलाई उच्च विन्दुमा पुर्‍याई किसानहरुको आयआर्जनमा सुधार गर्नु गाउँपालिकाको लक्ष्य रहेको बताए ।

बाबुबाजेको पालादेखि गर्दै आएको आरन व्यसायलाई सुधार गरी छोटो समयमा धेरै औजार बनाउनतर्फ उनीहरु यो तालिम निकै फलदायी हुने उनको भनाई छ । परम्परागत व्यवसायलाई आधुनिकता दिन र नयाँ प्रविधिको प्रयोग गरी कृषिमा यान्त्रिकरण गर्न पनि दुई महिने तालिम सफल हुने केसीको भनाई छ । 
तालिममा वडा न २ का २० जनाको सहभागिता रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top