ट्रेण्डिङ

होमपेज / समाज

कुमाख बजार व्यवस्थापन समितिको अध्यक्षमा चन्द्र बहादुर राना

  संजिब शर्मा २०७७ पौष ११ गते शनिबार २०:०२:३४ मा प्रकाशित

सञ्जीव शर्मा पुस ११,सल्यान 
कुमाख गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र रागेचारैमा बजार व्यवस्थापन समिति गठन गरिएको छ ।

शनिबार बसेको भेलाले चन्द्र बहादुर रानाको अध्यक्षतामा ११ सदस्सीय समिति गठन गरेको हो । 
जसको उपाध्यक्षमा भद्र बहादुर बुढाथोकी, सचिव भुवनेश्वर शर्मा, सहसचिव कुल बहादुर रावत, कोषाध्यक्ष डिल्लीराज शर्मा रहेका छन् । यस्तै सदस्यहरुमा डम्बर बहादुर रावत, केशव शर्मा, डम्बर शाही, गुमान रावत, प्रेम जैशी र टिकाराम विक रहेका छन् । 

भेलाले कुमाख बजार क्षेत्र भित्रका उद्योगी व्यापारीहरुलाई पसल, उद्योग दर्ता गरी वैधानिक रुपमा सञ्चालन गर्न र व्यावसाय दर्ता भई नविकरण गर्न छुटेका व्यावसायीहरुले तत्काल नविकरण गर्न आग्रह समेत गरेको नव निर्वाचित कुमाख बजार व्यवस्थापन समितिका सचिव भुवनेश्वर शर्माले जानकारी दिए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top