होमपेज / समाज
प्रकाश शर्मा मंसिर ३०,सल्यान
सल्यानको दार्मा गाउँपालिकामा नागरिक केन्द्रित विकास अवधारणाका लागि प्रशंसा सहितको कार्यशाला गोष्ठी मंगलबार देखी शुरु भएको छ । जनप्रतिनिधी, कर्मचारी, नागरिक समाजका अगुवा र सामुदायिक समुहका सदस्यहरुका लागि तीन दिने तालिम शुरु भएको हो ।
जनप्रतिनिधी, कर्मचारी, नागरिक समाजका अगुवा र सामुदायिक समुहका सदस्यहरुका विच विकासका सन्दर्भमा साझा बुझाई निर्माण गर्न भन्दै सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत तालिमको आयोजना गरिएको हो । तालिममा स्थानीय तहमा सम्पन्न हुदै आएका विकास प्रकृया, कार्यविधिहरु एवं परिमाणको समिक्षा संगै विकासका आयामहरु, दिगो विकास एवं नागरिक केन्द्रित विकास अवधारण बारे छलफल गरिने दलित विकास समाज सल्यानका निर्देशक दुर्गा बहादुर पुनले जानकारी दिए ।
तालिमबाट स्थानीय श्रोतको पहिचान, परिचालन, उपयोग र संरक्षणका लागि सबै पक्षको भूमिकाको खोजि गर्ने र योजनाबद्ध विकास, सामुदायिक सुशासन, सक्षम एवं जवाफदेही स्थानीय सरकार संचालनका मान्यताहरुको विकास हुने अपेक्षा राखिएको छ ।
नागरिकहरुको जीवन सहज बनाउनका लागि आवश्यक पर्ने आधारभूत आवश्यकताको परिपूर्ति र आधारभूत मानव अधिकारको सुनिश्चितता मार्पmत स्थानीय सरकारलाई जनउत्तरदायी र जवाफदेही बनाउनु अहिलेको आवश्यकता रहेको कार्यक्रमका वक्ताहरुले बताएका छन्।
नागरिकहरुको अर्थपूर्ण सहभागिता, स्वामित्व तथा स्थानीय ज्ञान, सीप, क्षमता तथा श्रोतहरुको पहिचान, परिचालन र संरक्षणका माध्यमवाट नागरिक सचेतनाको अभिवृद्धि, नागरिक कर्तब्यको पालना तथा सुशासित स्थानीय सरकारको बीचमा असल सम्वन्ध र सहकार्य कसरि स्थापना गर्न सकिन्छ भन्ने बारेमा गोष्ठीमा अन्तरक्रिया गरिने छ ।
निर्वाचित जनप्रतिनिधिहरुको धारणागत ब्यवहारमा परिवर्तन गर्दै आवश्यक योजना निर्माण तथा कार्यान्वयन सीप र सिमान्तकृत तथा छेउ पारिएका नागरिकहरुलाई स्थानीय सरकारका सेवा सुविधाहरु माथिको पहुंच स्थापित गर्नका लागि नागरिक केन्द्रित विकास आवश्यक रहेकोमा उद्घाटन कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।





.jpg)