होमपेज / समाज
प्रकाश शर्मा मंसिर ५, सल्यान
जिल्लाको दार्मा गाउँपालिका ३ फारुलाचौरमा पुर्खादेखि लाग्दै आइरहेको मेला यो वर्ष भने स्थगित भएको छ । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण विगतका वर्षहरुझै लाग्दै आइरहेको मेला स्थगित भएको हो ।
फारुलाचौरमा सिद्ध देवता पुज्ने अवसरमा लाग्दै आइरहेको हिल्याखोला मेला यो वर्ष नलागेको स्थानीय नोखु जैशीले बताए । तिहारको औशी पछिको पञ्चमीको राती र षष्ठीमा लाग्ने हिलखोली मेला कोरोनाले नलागेको जैशीको भनाई छ ।
दार्मा गाउँपालिकाले औपचारिक रुपमा विवाह, भोजभतेर, पूजापाड, मेला, जात्रा, भेला सम्मेलन लगायतका भिडभाडजन्य कार्यक्रमहरु नगर्न नगराउन सबैलाई अपिल गरेको छ ।
जिल्लाका विभिन्न स्थानमा लाग्दै आइरहेका मेला पर्वहरु यो वर्ष सबै स्थगित भएका छन् ।
कोरोना भाइरस संक्रमितहरुको संख्यामा वृद्धि आएसँगै जिल्ला प्रशासन कार्यालयले समेत मेला, जात्रा नलगाउन आग्रह गरेको छ ।





.jpg)