ट्रेण्डिङ

होमपेज / समाज

दार्मा गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा कोभिड १९ विरुद्धको हेल्पडेस्क स्थापना गरिने

  प्रकाश शर्मा २०७७ कार्तिक २९ गते शनिबार १५:१८:५८ मा प्रकाशित

प्रकाश शर्मा कात्तिक २९, सल्यान 
दार्मा गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा कोभिड १९ विरुद्धको हेल्पडेस्क स्थापना गरिने भएको छ ।

चाडपर्व भित्रिएसँगै कोरोना भाइरसको संक्रमणको दर पनि बढेको भन्दै गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा हेल्पडेस्क स्थापना गर्ने निर्णय गरेको हो । 

द्रुत प्रतिकार्य समन्वय समिति दामा गाउँपालिकाको शनिबार बसेको आकस्मिक बैठ्कले प्रत्येक वडाका टोलहरुमा समेत इलाका प्रहरी कार्यालयको सुरक्षा टोली सहितको शान्ति सुरक्षा र कोभिड १९ बारे सचेतनाका लागि माइकिङ गर्ने, भारत लगायत तेस्रो मुलुकबाट आएका व्यक्ति तथा परिवारलाई कोभिड १९ को जोखिमबाट सुरक्षित हुन परामर्श दिने, गाउँपालिका भित्र लक्षण सहितका विरामीहरुको जोखी गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले जानकारी दिए । 

यस्तै पालिकाभित्रका एक सय जनाको मंसिर ७ गते नमुना स्वाब संकलन गर्ने, वडा कार्यालय र पालिकामा स्वास्थ्य मापदण्ड अपनाएर अति आवश्यक कामकाजको मात्रै सेवा प्रवाहका लागि कार्यालय सञ्चालन गर्ने, वडा स्तरमा गठित द्रुत प्रतिकार्य र खोजी तथा निगरानी समूहलाई परिचालन गर्ने, मंसिर ७ गते लिएको स्वाबको रिर्पोट नआउँदासम्म विद्यालयहरुले गर्दै आएको सिकाई सहजीकरण बन्द गर्ने, औपचारिक रुपमा विवाह, भोजभतेर लगायतका कार्यक्रमहरु आयोजना गरी मजघट नगर्ने नगराउने निर्णय भएको खड्काले बताए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top