होमपेज / समाज
प्रकाश शर्मा असोज २८,सल्यान
दार्मा गाउपालिकाका ६ वटै वडामा वडा स्तरिय विपद तथा जलबायु उत्थानशील समिति गठन गरिएको छ ।
स्थानीय विपत तथा जलवायु उत्थानशील समिति योजना तर्जुमा निर्देशिका २०७४ अनुसुचि ३ दफा २.१.४ अनुसार प्रत्येक वडामा वडा अध्यक्षको अध्यक्षतामा १५ सदस्यी विपद् तथा जलवायु उत्थानशील समिति गठन गरिएको छ । २०७७असोज२५ देखि २८ सम्म सवै वडामा समिति गठन गरिएको नेपाल रेडक्रस सोसाइटी उपसाखा दार्मा तदर्थ समितिका संयोजक अन्न्त प्रसाद शर्मा जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी एकिकृत सामुदायिक उत्थानशिल परियोजना सल्यानको सहजिकरणमा समिति गठन गरिएको उनको भनाई छ ।
स्थानीय स्तरमा हुने विभिन्न विपत तथा जलवायु परिवर्तनको पहिचान विस्लेषण पुर्बतयारी रोकथाम तथा न्युनिकरण प्रतिकार्य राहात खोज तथा उद्वार पुनरस्थापना पुनर्निमाण गर्ने उद्देश्यले समिति गठन गरिएको शर्माले बताए ।
नेपाल रेडक्रस सोसाइटी उपसाखा दार्मा तदर्थ समितिका संयोजक अन्न्त प्रसाद शर्मा जिल्ला परियोजना अधिकृत रामप्रसाद भन्डारी ,विपत अधिकृत कृष्णा प्रसाद पोख्रेल जुनियर इन्जिनियर पुर्णा प्रसाद हमालको सहजिकरणमा समिति गठन गरिएको छ । स्थानिय स्तरमा हुनसक्ने विपत र प्रभावि हरुको तत्काल स्थानिय स्तरबाटै खोज तथा उद्वार राहात जस्ता प्रतिकार्य गर्ना गराउन यो समिति सकृय हने संयोजक शर्माले बताए ।





.jpg)