होमपेज / समाज
प्रकाश शर्मा असोज २५, सल्यान
दार्मा गाउँपालिकाले गाउँपालिकाका सम्पूर्ण नागरिकलाई निःशुल्क मास्क र साबुन वितरण गरेको छ ।
कोरोना भाइरसको संक्रमण बढ्न नदिन मास्क र साबुन वितरण गरिएको गाउँपालिकाले जनाएको छ । आउँदै गरेको दशै तिहार र खुल्दै गरेका विद्यालयलाई विशेष ध्यानमा राखी आम जनताको स्वास्थ्य सुरक्षाका लागि मास्क र साबुन वितरण गरिएको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले जानकारी दिए ।
गाउँपालिकाका ३ हजार ९ सय १० घरधुरीमा साबुन र २३ हजार ४ सय १८ जनालाई मास्क वितरण गरिएको उनको भनाई छ । उनले भने ‘विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९बाट बच्न र रोकथामका लागि मास्क र साबुन वितरण गरिएको हो ।’ वडा कार्यालय मार्फत प्रत्येक घरमा पुगी मास्क र साबुन वितरण गरिएको अध्यक्ष के.सी. को भनाई छ ।
मास्क वितरण गर्दा मास्कको सहि प्रयोग र हात धुने विधि पनि सिकाइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले जनाए । भाइरसले विश्व नै समस्यामा परेको अवस्थामा साबुन र मास्क बोकेर नागरिकको घरदैलोमो पुगेको उनको भनाई छ । रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु उत्तम भएको भन्दै उनले भिडभाडमा नजान नागरिकलाई आग्रह गर्ने गरेको बताए ।





.jpg)