ट्रेण्डिङ

होमपेज / समाज

दार्मा गाउपालिकामा स्वास्थ्य सुबिधा सम्बन्धी समन्वय बैठ्क सम्पन्न

  प्रकाश शर्मा २०७७ आश्विन २४ गते शनिबार १८:२६:२४ मा प्रकाशित

प्रकाश शर्मा असोज २४, सल्यान 
दार्मा गाउपालिकामा स्वास्थ्य सुबिधा सम्बन्धी समन्वय बैठ्क सम्पन्न भएको छ ।  

नेपाल रेडक्रस सोसाइटी  एकिकृत सामुदायिक उत्थानशील परियोजना सल्यानको आयोजनामा गाउँपालिका स्तरका  सरोकारवालासँग स्वास्थ्य सुविधा सम्बन्धी समन्वय बैठ्क सम्पन्न भएको हो । 

बैठ्कमा नेपाल रेडक्रस सोसाइटी सल्यान शाखाद्धारा दार्मा गाउँपालिकामा सञ्चालन हुने कार्यक्रमको  बजेट र कार्यक्रमको जानकारी, दार्माका ६ वटै वडामा डल्बु एल, डि, सि,आरसी गठन तथा पुनगठन गर्ने, हात धुने सामाग्री सहित स्थान छनौट, छनौट गर्न दार्मा गा.पा. अन्र्तगतका जनज्योती मावि, सूर्योदय मावि, राष्ट्रिय मावि, ढाकाडाम मावि, रातामाटा मावि, र भुवनटाकुरी माविलाई छनौट गरी कार्य अघि बढाउने निर्णय गरेको छ ।

यस्तै दार्मा गाउँपालिका तथा गापामा क्रियाशिल सरकारी तथा गैरसरकारी संघ संस्था र नेपाल रेडक्रस सोसाइटीले काम गर्ने कार्यक्षेत्र , लक्षित वर्ग र कम्पोनेन्ट मेल खान गएमा साझा रुपमा समन्वय र सहकार्यमा गतिविधिहरु अघि बढाउने निर्णय गरेको छ । 

बैठकमा दार्मा गाउँपालिका अध्यक्ष  निम बहादुर केसी, उपाध्यक्ष टिका शर्मा , रेडक्रस  शाखा सल्यानका सभापति  यौबन प्रकाश श्रेष्ठ ,मन्त्री  किशोर कुमार हमाल ,कोषाध्यक्ष ज्ञान प्रकाश शर्मा, उपमन्त्री कल्पना सेजुवाल, प्रत्येक वडाका वडा अध्यक्ष हरु कार्यपालिका  सदस्यहरु शाखा प्रमुखहरु विद्यालयका  प्र अ हरु स्वास्थ्य इकाई प्रमुखहरु सामुदायिक बनका प्रतिनिधि को समेत को उपस्थित  रहेको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top