होमपेज / समाज
प्रकाश शर्मा असोज २१, सल्यान
दार्मा गाउँपालिकाले गाउँपालिकाका सम्पूर्ण नागरिक र प्रत्येक घरधुरीलाई मास्क र साबुन वितरण गर्ने भएको छ ।
कोरोना भाइरसको संक्रमण बढ्न नदिनका लागि मास्क र साबुन बिहिबारबाट वितरण गरिने गाउँपालिकाले जनाएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसबाट बच्न र रोकथामका लागि मास्क र साबुन वितरण गर्न लागिएको गाउँपालिका अध्यक्ष निम बहादुर केसी अरुणले जनाए । आउँदै गरेको दशै, तिहार र खुल्दै गरेका विद्यालयलाई विशेष ध्यानमा राखी आम जनताको स्वास्थ्य सुरक्षाका लागि निःशुल्क मास्क र साुबन वितरण गरिने उनको भनाई छ ।
विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणबाट सचेत हुन २०७७ असोज मसान्तसम्म वडा कार्यालय मार्फत घर घरमा मास्क र साबुन वितरण गरिने केसीले बताए । उनका अनुसार असोज २२ गते वडा न ५ र ६, असोज २३ गते वडा न ३, असोज २४ गते वडा न १,२, र ४ न वडामा मासक र साबुन वितरण गरिने छ ।
गाउँपालिकाका ३ हजार ९ सय १० घरधुरीमा साबुन र २३ हजार ४ सय १८ जनालाई निःशुल्क मास्क वितरण गरिने अध्यक्ष के.सीले बताए ।





.jpg)