ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा पहिराले तीन घरपरिवार विस्थापित ,३० घर उच्च जोखिममा

  प्रकाश शर्मा २०७७ श्रावण २८ गते बुधबार ०८:४४:०६ मा प्रकाशित

प्रकाश शर्मा साउन २८, सल्यान 
अविरल वर्षा पछि आएका पहिरोले सल्यानका तीन घर विस्थापित भएका छन् । पहिराले  ३० घर र तीन विद्यालय पहिरोको उच्च जोखिममा रहेका छन् ।

जिल्लाको दार्मा गाउँपालिका वडा न ६ का टिके कामी, विमला बुढाथोकी र वडा न ४ का निराजन विकको परिवार विस्थापित भएका छन् । २५ गते राती आएको पहिरोले तीन घर पूर्ण रुपमा क्षति पुगेको हो । 

विस्थापित सबैलाई सुरक्षित स्थानमा राखिएको दार्मा गाउँपालिका सल्यानका अध्यक्ष निम बहादुर केसीले बताए । पहिरोले वडा न ४ का २, वडा न ६ का ४, वडा न ५ का १, वडा न २ को १ र वडा न १ को १ घर गरी ९ घरमा  क्षति पु¥याएको उनको भनाई छ । ९ घरमा क्षति पु¥याए पनि तीन घर भने बस्न नमिल्नेगरी क्षति पुगेको केसीको भनाई छ । 

यस्तै पहिरोले गाउँपालिकाका विभिन्न वडाका ३० भन्दा बढी घर र तीन विद्यालय पहिरोको उच्च जोखिममा रहेका छन् । सडक छेउमा रहेका प्राय घरहरु उच्च जोखिममा रहेका अध्यक्ष केसीले बताए । पहिरोले भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको केसीले बताए । 

उच्च जोखिममा रहेका घरको पहिचान गरी आवश्यक सुरक्षा सर्तकता अपनाउन आग्रह गरिएको अध्यक्ष केसीको भनाई छ । उनले भने ‘पहिराले घर क्षति भएका परिवारलाई त्रिपाल, जाली उपलब्ध गराई रहेको र अन्नपातमा क्षति भएकाहरुलाई राहत वितरण गरिएको छ ।’  

प्रतिक्रिया

सम्बन्धित खवर

Top