ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको दार्मा गाउँपालिकामा सलह किराको झुन्ड

  प्रकाश शर्मा २०७७ श्रावण २१ गते बुधबार १७:४७:३६ मा प्रकाशित

प्रकाश शर्मा साउन २१, सल्यान 
सलयानको दार्मा गाउँपालिकामा सलह किराको झुन्ड देखिएको छ । भारत हुँदै नेपाल प्रवेश गरेको सलह किरा दार्मा गाउँपालिकाका विभिन्न वडामा देखिएको हो । 

बुधबार दार्मा गाउँपालिका वडा न ५ का भालुमारे, बछेला, आल, पांग्र लगायतका क्षेत्रमा सहल किराको झुन्ड देखिएको रामकृष्ण चन्दले बताए । बिहान उठेर हेर्दा मकै बारीमा छपक्कै भएको देखियो । गाउँले सबै मिलेर धपाउने काम गरे पनि धपाउन सकिएको छैन उनले भने । विभिन्न आवाज आउने बस्तुले धपाउन खोजेपनि एक छिन उडेर पुनः मकैबालीमा आएर बस्ने गरेको उनको भनाई छ । यसअघि पनि जिल्लाका विभिन्न स्थानमा सलह किराले किसानहरुलाई सताएको थियो । 

फट्याङ्ग्रा वर्गको कीरामा पर्ने सलह अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको थियो। 
वैज्ञानिक नाम Schistocerca Gregaria रहेको सलहले कृषि बालीमा अमेरिकी फौजी कीराले भन्दा अनेकौ गुना बढी क्षति पुर्याउने जानकारहरु बताउँछन्। विज्ञहरुका अनुसार करोडौंको संख्यामा रहने सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत खाएर नष्ट पारिदिन्छ।

जेठ देखि असोजसम्म बढी प्रकोप हुने सलह किरा एकै दिनमा १ सय ५० किलोमिटर भन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पुर्योउने विज्ञहरु बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top