होमपेज / समाज
प्रकाश शर्मा साउन २०, सल्यान
नेपाल रेडक्रस सोसाइटी एकिकृत सामुदायिक उत्थानशिल परियोजना सल्यानले दार्मा गाउँपालिकालाई क्वारेनटाइन ब्यबस्थापनका सामान हस्तान्तरण गरेको छ ।
रेडक्रस दार्मा शाखाका संयोजक अन्नत प्रसाद शर्माको उपस्थितिमा सामान हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएको सामानमा हिलट्यांकी २ थान,स्टेन ,२थान ,कम्मल १०थान त्रिपाल १० थान ,प्लाष्टिक बाल्टी ११ थान ,प्लाष्टिक जग ११ थान स्टिल डिनर प्लेट २५थान ,हरपिक ५ थान शौचालय ब्रस ५थान ,हात धुने साबुन १० थान ,ह्याण्ड वासिङ् बोतल ५ थान, पिपिई सेट ५ थान, स्यानेटरी प्याड २९० थान ,सचेतना मुलक पर्चा प्रिन्ट १४ थान रहेका छन् ।
हस्तान्तरण कार्यक्रममा जिल्ला परियोजना अधिकृत राम प्रसाद भन्डारी ,कृष्ण पोख्रेल डि.आ.र.आ. अफिसर ,पुर्ण हमाल जुनियर ईन्जिनियर सहित को टोलिले गाउँपालिका अध्यक्ष निम बहादुर केसी उपस्थिति रहेको थियो ।





.jpg)