होमपेज / समाज
संजिब शर्मा ३० असार, सल्यान
कुमाख गाउँपालिकाको केन्द्र अथवा अन्न्नको भण्डार भनेर चिनिने कुमाख ३ देउलको धान बालिमा सहल किरा छिटपुट रुपमा ३० गते बिहानैदेखी देखिन थालेको छ । धान रोपेको तीन साता नहुँदै कुमाखको धान बालिमा सलह देखिन थालेपछी किसानहरु चिन्तित भएका छन।
कुमाख ३ का किसान गणेश के.धानबालीमा सलह किरा देखिएको बताए । उनले भने यस पटक मौसमले राम्रो साथ दिएको कारणले समयमा नै रोपाई भएको थियो, धान राम्रै उत्पादन होला जस्तो थियो तर सलह किराले सखाप पार्छ की भन्ने चिन्ताले सताउन थालेको छ ।
सलहलाई मार्न खोज्दा उडेर अर्काको बारीमा जानेको गरेको बताउदै उनले सबै किसान मिलेर सलह भगाउन लागि पर्नु पर्ने बताए ।
उनले यस पटक कोरोनाले गर्दा कमाई कजाइ पनि नहुने र लगाएको बालिनानी मकै अमेरिकन फोजि किराले खाँदा र सहल किरा प्रबेश गरेकाले भोकमरिले मरिन्छ कि भन्ने चिन्ता ब्यत्त गरेका छन ।
यस्तै अर्का किसान धन बहादुर हमालले पनि सलह किरा धान बालिमा छिटपुट मात्रामा प्रबेश गरेकाले सबै किसानहरु बारीमा गएर आगो बालेर धुवाँ बनाउने ड्रम, थाल, मादल, टिन बजाए धपाउन सकिने बताए । उनले भने सलह किरालाई चरा र परेवाहरुले पनि खाँदो रहेछ चराहरुलाई सलह किरा खाना दिने र चराहरु धपाउन नहुने उनले बताए । अहिले किसानहरु बारीमा गएर सलह किरा मार्न र धपाउन लागिरहेका छ्न । कुमाखमा लगाएको धान बालिमा सलह किरा देखिन थालेपछी सम्पुर्ण किसानहरु चिन्तित भएका छ्न ।





.jpg)