होमपेज / समाज
प्रकाश शर्मा असार २१, सल्यान
कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि बन्द भएको दार्मा गाउँपालिका र वडाबाट हुने सेवा प्रवाह आजबाट सुचारु भएका छन् ।
संक्रमितहरुको पछिल्लो रिर्पोट र गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीयहरुको स्वाबको रिर्पोट नेगेटिभ आएसँगै कामकाज सुचारु गरिएको गाउँपालिकाले जनाएको छ ।
दुई जना कर्मचारी र क्वारेनटाइनमा बसेका ३ जना सहित पाँच जनामा कोरोना पुष्टि भएपछि गाउँपालिको यहि असार १५ गतेदेखि गाउँपालिका र वडाका कामकाज बन्द गरेको थियो । २ सय २९ जनाको स्वाब संकलन गरिएकोमा २ सय १९ जनाको रिर्पोट नेगेटिभ आएको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए । वाँकी १० जनाको रिर्पोट आउन बाँकी रहेको उनको भनाई छ ।
समुदायमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी बन्द गरिएका सम्पूर्ण कामकाज आइतबारबाट पुनः सूचारु गरिएको उनको भनाई छ ।
कोरोना सक्रमितको दोस्रो चरणको परीक्षण पनि नेगेटिभ आएको उनको भनाई छ । हालसम्म कोरोना सङ्क्रमित भएका १४ जना नै निको भइसकेको गाउँपालिकाले बताएको छ । हाललाई पालिकामा सङ्क्रमित नभए पनि जोखिम टरिनसकेकोले उच्च सावधानी अपनाएर आफ्ना नियमित गतिविधि गर्न समेत गाउँपालिकाले सम्पूर्णमा अनुरोध गरेको छ ।





.jpg)