होमपेज / समाज
प्रकाश शर्मा असार १५, सल्यान
दार्मा गाउँपालिकाले वडाका सबै कामकाज बन्द गरेको छ । गाउँपालिकाका केही कर्मचारीहरुको पिसिआर रिर्पोट पोजेटिभ आएसँगै गाउँपालिकाले सवै वडाका नियमित काम स्थगित गरेको छ ।
असार ८ गते संकलन गरिएको स्वाबको रिर्पोटमा केही कर्मचारीहरको समेत रिर्पोट पोजेटिभ आएकाले सामाजिक सुरक्षा भत्ता वितरण लगायतका सबै वडाका नियमित कामकाज स्थगित गरिएको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए । साथै सोमबार तय गरिएको गाउँसभाको छलफल पनि स्थगित गरिएको उनको भनाई छ ।
पिसिआर रिर्पोट नआउदासम्म सबै नियमित कामकाज बन्द गरिएको र नाकाहरुमा थप कडाई गरिएको केसीले बताए । मंगलबार गाउँपालिकामा कार्यरत कर्मचारी, छानिएका स्वयमसेवक, क्वारेटाइनमा रहेका व्यक्ति, कन्ट्याक्ट ट्रेसिङमा देखिएका व्यक्ति र सबै जनप्रतिनिधिहरुको पिसीआरका लागि स्वाब संकलन गरिने उनको भनाई छ ।
उनले सबै जनसमुदायलाई उच्च सतर्कता र उच्च मनोबलका साथ सामाजिकर शारिरिक दुरी कायम गरी नियमित कामकाज गर्न आग्रह समेत गरेका छन् ।
सबै जनसमुदाय उच्च सतर्कता र उचो मनोबलसहित सामाजिकरशारीरिक दूरी कायम राखेर नियमित कामकाजमा रहन विशेष अनुरोध गर्दछु।





.jpg)