होमपेज / राजनीति
काठमाडौँ । सरकारले महेश्वर न्यौपानेलाई गृह सचिवको रुपमा गृह मन्त्रालयमा सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई गृह सचिवको रुपमा सरुवा गर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई बताए । यसअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव थिए ।
गृहसचिवमा अन्य केही सचिवहरुले समेत लबिङ गरेको भएपनि न्यौपानेले नै बाजी मारेका हुन् । यस्तै सरकाले अख्तियारको सचिव भने प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीलाई बनाउने निर्णय गरेको छ।
हालका गृहसचिव प्रेम कुमार राईले नियमित अवकाश पाएपछि गृहमा सचिव रिक्त रहेको थियो ।





.jpg)