ट्रेण्डिङ

होमपेज / राजनीति

एकैपटक ६० सहसचिवको सरुवा, १६ जिल्लामा नयाँ सीडीओ

सुर्खेतको सिडीयोमा सल्यानका रमेश न्यौपाने ।

  सल्यान खबर २०७६ माघ २० गते सोमबार १०:५१:३५ मा प्रकाशित

सरकारले एकैपटक ६० जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ भने १६ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरिएका छन् ।

गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट १७ सहसचिव र १८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरिएको हो । गृह मन्त्रालयमै रहेका अधिकांश सहसचिव यसपटक प्रमुख जिल्ला अधिकारी बनेका छन् भने, भर्खरै सहसचिवमा बढ्वा भएका सल्यान शानपा ११ हिवल्चाका (हाल दाङ) रमेश न्यौपाने सुर्खेतको सिडीयोमा पदस्थापन भएका छन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४३ सहसचिवहरूको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव यमलाल भुसाललाई अर्थ मन्त्रालयमा लगिएको छ ।

भुसाल प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय सुरक्षा तथा कूटनीतिक समन्वय महाशाखाका अतिरिक्त शासकीय सुधार महाशाखाको जिम्मेवारीसहित प्रवक्ता थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव बाबुराम अधिकारीलाई पनि अर्थमन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी वैदेशिक रोजगार विभागका महानिर्देशक परिवर्तन गरिएको छ । विभागको महानिर्देशक रहेका विष्णुकुमार भुसाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top