होमपेज / राजनीति
जेठ १९,सल्यान
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बाँकेको राप्ती सोनारी गाउँपालिका २ मा भएको दुर्घटनामा ज्यान गुमाउने प्रति दुःख व्यक्त गरेका छन् । आइतबार शोक विज्ञप्ती जारी गर्दै उनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्ति गरेका छन् ।
भारतबाट घर फर्केने क्रममा नेपालगञ्जदेखि सल्यान आउदै गरेकोको गाडी राप्ती सोनारी गाउँपालिका २ दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको र २१ जना घाइते भएको खबरले स्तब्ध बनाएको जनाउँदै मन्त्री ज्वालाले घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
मृत्तकका परिवारजनहरुलाई कर्णाली प्रदेश सरकारबाट उचित राहत सहयोग उपलब्ध हुने र घाइतेहरुको उपचारको लागि आवश्यक प्रवन्ध मिलाइने विज्ञप्तीमा उल्लेख गरिएको छ ।





.jpg)