ट्रेण्डिङ

होमपेज / राजनीति

नेपालगञ्जमा प्रहरी र स्थानीयबीच झडप

  सल्यान खबर २०७७ बैशाख २३ गते मंगलबार १४:२३:३२ मा प्रकाशित

२३ वैशाख, बाँके । नेपालगञ्जमा प्रहरी र स्थानीयबीच झडप भएको छ ।

त्रिवेणी चोकमा होहल्ला गरेको आरोपमा एक जना व्यक्तिलाई पक्राउ गरेपछि आक्रोशित भिडले प्रहरीमाथि ढुंगामुढा गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार प्रहरीले बिहान ११ बजेसम्म अत्याश्वयक सामग्री खरिदका लागि बजारमा निस्किन अनुमति दिएको थियो । तर, बजारमा भिड बढेपछि प्रहरीले तितरवितर पार्न खोजेको थियो ।

त्यसक्रममा स्थानीयले वडा प्रहरी कार्यालयको बा १ झ ८२८४ नम्बरको गाडीमा ढुंगामुढा गरेका थिए । अहिले स्थिति नियन्त्रण आइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top