ट्रेण्डिङ

होमपेज / राजनीति

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरू

  सल्यान खबर २०७७ बैशाख १७ गते बुधबार १८:१३:४३ मा प्रकाशित

बैशाख १७, २०७७ काठमाडौं :

चर्को विवादबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।  अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा बैठक सुरु भएको हो।

यो बैठकको एउटा मात्रै एजेण्डा स्थायी कमिटी बैठक रहेको छ। यो बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्न सक्नेछ। प्रधानमन्त्री ओली समूहले बहुमत सांसदको हस्ताक्षर जुटाएको बताइसकेको छ। उता दाहाल-माधवकुमार नेपाल समूहले पनि ओलीविरुद्ध हस्ताक्षर अभियान चलाएको छ।

  दाहाल-नेपाल समूहले पनि बहुमत सदस्यको हस्ताक्षर जुटाएको दाबी गरेका छन्। ओलीले बुधबारै दिउँसो बालुवाटारमा आफ्ना समूहका सांसद र केन्द्रीय सदस्यसँग छलफल गरेर हस्ताक्षर अभियान चलाएका थिए। 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top