होमपेज / राजनीति
वैशाख ५, सल्यान
कर्णाली प्रदेश सरकारले प्रदेश सभाको पाँचौ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश मन्त्रिपरिषदको वैठ्कले आज ( शुक्रबार) राती १२ बजेबाट प्रदेश सभा अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
यस्तै वैठ्कले स्थानीय तह, जिल्ला र प्रदेशले फरक स्थानीय तह, जिल्ला र प्रदेशका वासिन्दालाई विभेद र अपमानजनक व्यवहार गर्ने, आफ्नो सिमा कटाई अलपत्र छोड्ने, आइएको बताउदै जनताको जीउधनको सुरक्षाका लागि सम्बन्धित निकायलाई निर्देशन दिन नेपाल सरकारसँग आग्रह गरेको छ । नागरिकलाई समान व्यवहार गर्न र सम्मानजनक सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल सरकारलाई आग्रह गर्ने निर्णय भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रि तथा प्रवक्ता विमला केसीले बताइन ।
वैठ्कले कोराना भाइरसका कारण प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन चाहने व्यक्ति वा संघसंस्थाले सिधै समुदायमा पुगी राहत वितरण गर्न नपाउने र राहत रकम वा सामाग्री सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराई स्थानीय तहबाटै वितरण गर्ने व्यवस्था मिलाउने निर्णय समेत भएको प्रवक्ता केसीको भनाई छ ।





.jpg)