होमपेज / राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद विकास कोषको खर्च नभएको रकम कोभिड १९ कोषमा राख्न माग गरेका छन् ।
उनले सामाजिक सञ्जाल शनिबार ट्वीट गर्दै आफुले पहिलेदेखि नै सांसद विकास कोष आवश्यक नभएको मात्र नभई अनुचित समेत रहेको दोहोर्याएका छन् । उनले अबदेखि सांसद विकास कोष शीर्षकमा बजेट नराख्न पनि अनुरोध गरेका छन् ।
‘मैले पहिले देखि भन्दै आएको छु । सांसद विकास कोष आवश्यक छैन मात्र होइन, अनुचित छ । अहिले कोभिड १९ को संकटको सन्र्दभमा यसको खर्च नभएको रकम ( ज्यादै कम मात्र खर्च भएको होला ) कोभिड १९ कोषमा राखौ र अबदेखि यो शीर्षकमा बजेट नराखौ । यो निर्णय सहि छ गरिहालौ’, राष्ट्रियसभा सांसद समेत रहेका श्रेष्ठले लेखेका छन् ।





.jpg)