होमपेज / राजनीति
फागुन ४,सल्यान
फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बदर मतको संख्या न्यून बनाउने उद्देश्यसहित जिल्ला निर्वाचन कार्यालय सल्यानले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । । १७ दिन बाँकी रहदा निर्वाचन कार्यालय सल्यानले मतदातालाई सचेत गराउने तथा सही मतसंकेतका लागि प्रशिक्षित गर्ने उद्देश्यले जिल्लाका दस वटै स्थानीय तहका घर–घरमा पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने गरी स्वयंसेवकहरु खटाइएको छ ।
२०७९ को निर्वाचन प्रत्यक्ष तर्फ ५३ प्रतिशत अर्थात ८३,७०४ मत खसेकोमा ८ दशमलव ८१ प्रतिशत अर्थात ७ हजार ३ सय ७६ मत बदर भएको थियो । समानुपातिक तर्फ भने ८४,७८९ अर्थात ५३ दशमलव ७७ प्रतिशत मत खसेकोमा ७ दशमलव ३३ प्रतिशत मत बदर भएको थियो । २०७९ लगायतका विगतमा भएको बदर मतलाई न्युनिकरण गर्ने लक्ष्यका साथ प्रत्येक वडातहबाट मतदाता शिक्षा प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालय सल्यानका प्रमुख धिरेन्द्र भण्डारीले बताउनु भयो । मतदाता शिक्षालाई प्रभावकारी बनाउन प्रत्येक टोलसम्म पुग्ने गरी मतदाता शिक्षा स्वयमसेवक परिचालन भइकेको उहाँको भनाई छ ।
प्रत्येक वडामा एसईई वा सो सरह उत्तिर्ण गरेको महिला स्वास्थ्य स्वयमंसेविका, बालविकास सहजकर्ता वा सामुदायिक अध्ययन केन्द्रका परिचालकलाई मतदाता शिक्षा स्वयंसेवकका रुपमा परिचालन गरिएको उहाँको भएको छ ।
मतदाताले मतदान प्रक्रिया, मतपत्रको प्रयोग, गोप्य मतदानको महत्व निर्वाचन आचारसंहिता तथा गलत एवं भ्रामक सूचनाबाट बच्ने उपायबारे जानकारी गराइने भण्डारीको भनाई छ । मतदाता शिक्षा प्रभावकारी भएनभए अनुगमन निर्वाचन कार्यालयबाट तालिमप्राप्त अनुगमनकर्ताले गर्ने समेत उहाँले बताउनु भयो ।
मतदाताले हालेको मत सदर होस भन्ने सोचका साथ नमुना निर्वाचन समेत गराइने कार्यालयले जनाएको छ ।
एक निर्वाचन क्षेत्र रहेको सल्यानमा १ लाख ६२ हजार ४४९ मतदाता रहेका छन् । ती मध्ये ८३ हजार ३२१ पुरुष र ७९ हजवार १२८ महिला मतदाता रहेका छन् ।





.jpg)