होमपेज / राजनीति
पूर्ण विद्युतीकरणको काम ढिलाइ भएको भन्दै नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र सल्यानमा जनप्रतिनिधिसहित नागरिकलेसल्यानमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
पटक-पटक म्याद थप्दा पनि निर्माण कम्पनीले समयमै काम सम्पन्न नगर्दा नागरिक अँध्यारोमा बस्नुपर्ने बाध्यता रहेको भन्दै बिहीबार सदरमुकाम खलंगा आएर प्रतिनिधिसहितको टोलीले धर्ना दिएको हो।
नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयबाट सल्यान जिल्लाको पूर्ण विद्युतीकरण कार्यका लागि २०८० असोज ५ गते सम्झौता भएको थियो। निर्माण कम्पनी महाशक्ति क्रिस्टल जेभीले निर्धारित अवधिभित्र कार्यसम्पन्न गर्न नसकी २०८२ कात्तिक २९ गतेसम्म दोस्रोपटक म्याद थप गरेको भए तापनि हालसम्म कुनै प्रगति नदेखिएपछि ध्यानकर्षणसहित धर्ना दिएको दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताए।
निर्माण कम्पनीले नेपाल विद्युत् प्राधिकरणले आवश्यक सामग्री समयमा उपलब्ध नभएका कारण कार्यमा ढिलाइ गरिरहेको जनाएपछि विद्युत् कार्यालयसम्म पुग्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । पटक-पटक निर्माण कम्पनी र विद्युत् प्राधिकरणलाई पूर्ण विद्युतीकरणका लागि ताकेता गरे पनि त्यसको उल्लेख्य प्रगति नदेखिएको उनको भनाइ छ ।
ध्यानाकर्षणपत्र बुझ्दै नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका प्रमुख दिनेश पौडेलले ट्रान्समिटरको अभावका कारण समस्या भएको बताए । दार्माको वडा न ४ र ५ मा सबैभन्दा कम विद्युतीकरण भएको स्थलगत रिपाेर्टमा पनि देखिएको बताउँदै विद्युतीकरणको समस्याका बारेमा प्रदेश र केन्द्रीय विद्युत् प्राधिकरणलाई पनि जानकारी गराइरहेको बताए।





.jpg)