ट्रेण्डिङ

होमपेज / राजनीति

प्राकृतिक विपद्ले पारेको क्षतिको  राहत, क्षतिपूर्ति दिन प्रदेश सरकारसँग शर्माको माग 

  सल्यान खबर डेस्क २०८३ बैशाख २९ गते मंगलबार ०६:५०:२३ मा प्रकाशित

वैशाख २९,सल्यान 

कर्णाली प्रदेश सभा सदस्य भीमप्रकाश शर्माले सल्यानमा असिनापानी, बाढी  किसानले भोग्नुपरेको समस्यालाई कर्णाली प्रदेश सभामा उठाउनुभएको छ । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको पहिलो बैठकमा आकस्मिक समयमा बोल्दै शर्माले  प्राकृतिक विपद्का कारण सल्यानका विभिन्न क्षेत्रमा अन्नबाली, तरकारी तथा फलफूल खेतीमा ठूलो क्षति पुगेको उल्लेख गर्दै पीडित किसानलाई तत्काल राहत, क्षतिपूर्ति तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

जिल्लाका अधिकांस स्थानमा प्राकृतिक विपद्ले क्षति पुगेपनि बागचौर नगरपालिकामा धेरै क्षति भएको बताउँदै उहाँले कृषिनज्य तथा अन्य भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको वास्तविकता बुझ्न अनुगमन गरी उक्त अनुगमनबाट आएको प्रतिवेदन अनुसार आगामी आर्थिक वर्र्षको कार्यक्रममा समट्न माग समेत गर्नु भएको छ । 

प्रदेश सभा बैठकमा बोल्दै शर्मा ले निरन्तरको वर्षा, असिना र पहिरोले ग्रामीण सडक, सिंचाइ संरचना तथा कृषि उत्पादनमा गम्भीर असर परेको बताउनुभयो । उहाँले विपद्बाट प्रभावित किसानको वास्तविक क्षतिको विवरण संकलन गरी राहत वितरणमा ढिलाइ नगर्न सरकारसँग माग गर्नुभयो ।
साथै उहाँले कृषि क्षेत्रमा देखिएको क्षतिले किसानको जीविकोपार्जनमा प्रत्यक्ष असर पुगेकाले आगामी बजेट तथा कार्यक्रममा कृषि बीमा, विपद् राहत कोष तथा उत्पादन पुनर्स्थापना कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । 

https://www.facebook.com/reel/1752682852769425

प्रतिक्रिया

सम्बन्धित खवर

Top