ट्रेण्डिङ

होमपेज / राजनीति

सञ्चार, विद्युत र सडकको माग गर्दै मुख्यमन्त्री कार्यालयमा वडाध्यक्षको धर्ना

  सल्यान खबर डेस्क २०८३ जेठ १ गते शुक्रबार १७:०३:२१ मा प्रकाशित

सञ्चार र सडकको माग गर्दै सल्यानकाे कालीमाटी गाउँपालिका– ७ का वडाध्यक्ष मित्रलाल रिजाल कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअघि धर्नामा बसेका छन् । घुइयाबारी–स्वामीबास–बबई सडकको स्तरोन्नति र नेपाल टेलिकमको टावर निर्माणका लागि पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि धर्नामा बसेको रिजालको भनाइ छ । 

सडकको दुरवस्थाले स्थानीय बासिन्दा वर्षौँदेखि सास्ती खेप्दै आइरहेको  जसले सामान्य वर्षा हुँदासमेत सडक हिलाम्मे र अवरुद्ध हुने, बिरामी बोकेका सवारी बिचबाटोमै रोकिने तथा विद्यार्थी र सर्वसाधारणले जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था रहेको उनले बताए । उनले भने, ‘सडक छैन, फोनले काम गर्दैन । नागरिकले आधारभूत सेवा पाउन पनि संघर्ष गर्नुपरेको छ ।  जनताको आवाज सरकारले नसुनेपछि बाध्य भएर प्रदेश राजधानीमै धर्ना बस्न सुर्खेत पुगेको हुँ ।’

वडाध्यक्ष रिजालसँगै वडासदस्य विर्घाबहादुर राना पनि धर्नामा सहभागी छन् । नेकपा (एमाले)बाट निर्वाचित रिजालले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top