होमपेज / राजनीति
भर्दा २४,सल्यान
जेनजीको आन्दोलन प्रदर्शनमी प्रहरीको दमन र १९ जनाको मृत्युको विरुद्धमा सल्यानका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन भएको छ ।
सोमबारको आन्दोलनमा प्रहरी दमन र १९ जनाको मृत्यु भएपछि त्यसको विरोधमा सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर, सदरमुकाम खलंगामा जेनजीले टायर बालेर प्रदर्शन गरेका हुन ।
प्रदर्शनकारीले श्रीनगरको मुख्य चोकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् । विद्यालयको पोशाक र झोला बोकी प्रदर्शनमा आएका युवाहरुले देशलाई भ्रष्ट्राचार मुक्त बनाउन खोज्दा गोली खानु परेको भन्दै शाहदत प्राप्त साथीहरुको सपना पुरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् । उनीहरुले सरकार विरुद्ध चर्का नाराबाजी गरेका छन् ।
युवाहरुले प्रहरी दमनको विरोधमा विरोध ¥याली समेत गरेका छन् । सल्यान उद्योग बाणिज्य संघबाट सुरु भएको विरोध ¥याली बसपार्क, बजार, खलंंगा रुकुम जाने रोक परिक्रमा गरी पुन सल्यान उद्योग वाणिज्य संघ अघि आइ कोण सभामा परिणत भएको थियो ।

.jpg)






.jpg)