होमपेज / राजनीति
फागुन २८,सल्यान
सल्यानका ७ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको मनोनयन सम्पन्न भएको छ । स्ववियु निर्वाचनका लागि जिल्लाका ७ क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको मंगलबार मनोनयन दर्ता सम्पन्न भएको हो । प्रमुख विद्यार्थी संगठनहरू अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु र विप्लव नेतृत्वको अखिल समाजवादीबीच प्रतिस्पर्धा हुने देखिएको छ।
जिल्लाका तीन क्याम्पसमा भने सभापतिमा निर्बिरोध भएका छन । बनगाड क्याम्पसमा अखिल क्रान्तिकारीका जीवन बिष्ट निर्विरोध, कपुरकोट बहुमुखी क्याम्पसमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीको सहमतिमा नेविसंघका झलक ओलि निर्विरोध हुनुभएको छ भने शारदा क्याम्पस, शंखमुलमा अखिल क्रान्तिकारीले उम्मेदवारी नदिएपछि नेविसंघ, अनेरास्ववियुको सहयोगमा अनेरास्ववियुका विश्व खडका निर्विरोध हुनुभएको छ ।
बाकी ४ क्याम्पसमा निर्वाचन हुने भएको छ ।
फारुला क्याम्पसमा अखिल क्रान्तिकारी हिमा शर्माले सभापतिमा उम्मेदवारी दिनुभएको छ भनेर विप्लव अखिल समाजवादी बाट निशान देवकोटा सभापतिमा उम्मेदवारी दिनुभएको छ । नेविसंघ, अनेरास्ववियुले उम्मेदवारी दिएको छैन ।
यस्तै जनकल्याण क्याम्पस, थारमारेमा अखिल क्रान्तिकारी बाट गणेश ओलिले सभापतिमा उम्मेदवारी दिनुभएको छ भने
नेविसंघ, अनेरास्ववियु बाट फलेन्द्र पुरीले सभापतिमा उम्मेदवारी दिनुभएको छ ।
शिवजन क्याम्पस अखिल क्रान्तिकारी बाट रोशन खड्का सभापतिमा उम्मेदवारी दिनुभएको छ भने नेविसंघ, अनेरास्ववियु बाट सुरज हमाल सभापतिमा उम्मेदवारी दिनुभएको छ । यस्तै सल्यान बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी बाट सभापतिमा सितल कवरको उम्मेदवारी परेको छ भने नेविसंघ, अनेरास्ववियु बाट विशाल पुनले सभापतिमा उम्मेदवारी दिनुभएको छ । विप्लव अखिल समाजवादीको सभापतिको उम्मेदवारी राजेन्द्र खडकाको परेको छ । यसपटक जिल्लाका क्याम्पसहरूमा विद्यार्थी संगठनहरूबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। केही क्याम्पसहरूमा सहमतिका आधारमा उम्मेदवारी तोकिएको छ भने कतिपयमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।