ट्रेण्डिङ

होमपेज / राजनीति

आफु खुशी राहत वितरण गर्नेलाई स्पष्टीकरण सहित कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई दार्मा गाउँपालिकाको पत्र

  सल्यान खबर २०७६ चैत्र २३ गते आइतबार १७:४४:२५ मा प्रकाशित

चैत २३, सल्यान 
जिल्लाको दार्मा गाउँपालिकाले स्थानीय तहको सिफारिस र समन्वय विना आफु खुशी राहत वितरण गरेको भन्दै दार्मा गाउँपालिकाले असुन्तष्टि जनाएको छ । स्थानीय तहमा राहत सामाग्री वितरण गर्दा स्थानीय तहको सिफारिसमा मात्र वितरण गर्न मन्त्री परिषदले निर्णय गरी सक्दा पनि स्थानीय तहसँग समन्वय नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो । 
जिल्ला प्रशासन कार्यालय सल्यानलाई स्पष्टिकरण लिई कारवाहीको माग गर्दै गाउँपालिकाले विदेशबाट आएका व्यक्तिलाई समेत राहत वितरणमा परिचालन गरेको समेत उल्लेख गरिएको छ ।

क्वारेनटाइनमा बस्नु पर्ने व्यक्तिलाई समेत राहत वितरणको नाममा विभिन्न स्थानमा पुगेको भन्दै यदि उक्त व्यक्तिमा कोरोना भाइरस लागेको भए त्यसले विकराल रुप लिन सक्ने समेत बताएको छ । काँग्रेस निकट कार्यकर्ता र समर्थक घरपरिवारलाई वितरण गरेको स्थानीयको गुनासो आएको समेत उल्लेख गरिएको छ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top