होमपेज / राजनीति
सल्यान, १० फागुन ।
नेकपा एमालेको जरा अभियान अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिकामा २१ दिन भित्र २६ वटा भेला तथा बैठक सम्पन्न भएका छन्।
गत माघ २० गते पालिका कमिटीको बैठकबाट अभियान सुरु भएको थियो। २६ वटा भेला तथा बैठक सम्पन्न भएको जानकारी नेकपा एमाले कपुरकोटका अध्यक्ष मधुसूदन गिरीले दिए। यस अवधिमा १६ वटा टोल भेला, ६ वटा वडा स्तरीय भेला र ३ वटा जनवर्गीय संगठनका टोल भेला सम्पन्न गरी कमिटी पुनर्गठन समेत गरिएको थियो।
वडा र टोल तहमा पार्टी संगठनलाई सुदृढ पार्दै जनताको चासो, गुनासो र आवश्यकतालाई बुझेर सम्बोधन गर्ने उद्देश्यले एमालेले तीन महिने जरा अभियान सञ्चालन गरिरहेको छ भनी कपुरकोटका सचिव रुपक बुढाले बताए।
यस अभियानअन्तर्गत शनिबार कपुरकोट-३ को पाखापानीमा भेला सम्पन्न भएको थियो। पार्टीलाई आधारभूत तहदेखि सुदृढ गर्दै जनतासँगको सम्बन्ध मजबुत बनाउने अभिप्रायले, वडा नं. ३ (साविक धनवाङ गाउँवासी-६, पाखापानी टोल) मा भेला आयोजना गरिएको थियो। यस भेला अन्तर्गत नरेन्द्र पुनको अध्यक्षतामा टोल कमिटी पुनर्गठन भएको, जसमा उपाध्यक्ष देवा खड्का, सचिव पदम बुढाथोकी, उपसचिव इन्द्रा खड्का र बुद्धि बुढा चयन भएका थिए। साथै सदस्यहरूमा तारासिंह खड्का, जित बहादुर साहु, सरस्वती बुढाथोकी र जगत सेन रहेका थिए।
यसअघि पनि कपुरकोट वडा नं. ३ अन्तर्गत मुलपानी, कपुरकोट र फलाटेमा भेला आयोजना गरी संगठन पुनर्गठन सम्पन्न भइसकेको थियो। पाखापानी टोल भेला प्रमुख अतिथि, नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य तथा कपुरकोट गाउँपालिका इन्चार्ज घनश्याम शर्माले पार्टी संगठनलाई स्थानीय स्तरमै सुदृढ पार्दै जनताको समस्यासँग निकट भएर समाधान खोज्ने अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। जिल्ला कमिटी सदस्य ललिता गिरिले महिला सहभागितालाई प्राथमिकता दिँदै संगठनलाई सशक्त बनाउनुपर्ने बताइन्। पालिका कमिटी अध्यक्ष मधुसूदन गिरिले पार्टीको जरा अभियानले स्थानीय स्तरमा नयाँ उर्जा थपेको बताएका छन्।
कार्यक्रममा वडा कमिटी अध्यक्ष रुद्रबिर कवर, वडा नं. २ का सचिव शन्तसिंह घर्ती, राष्ट्रिय युवा संघ नेपालका हुकुम बुढाथोकी, पार्टीका जेष्ठ सदस्य डण्ड बहादुर बुढा लगायतका नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन वडा कमिटी सचिव टिकाराम बुढाथोकीले गरेका थिए। यस अभियानअन्तर्गत कपुरकोट गाउँपालिकाका सबै वडा र टोलहरूमा भेला, प्रशिक्षण तथा अन्य पार्टी गतिविधिहरू निरन्तर सञ्चालनमा रहेका छन्।





.jpg)