होमपेज / राजनीति
सल्यान पुस २१
सल्यानमा प्यालेस्टाइन भएको जनसंहार विरुद्ध हस्ताक्षर अभियान सञ्चालन गरिएको छ।
प्यालिस्टिनीमाथि ईजरायलले गरेको जनसंहार विरुद्ध देशब्यापी हस्ताक्षर अभियान आज सल्यानमा समाजवादी माेर्चा सल्यानकाे आयोजनामा सल्यानकाे श्रीनगरबाट हस्ताक्षर अभियान सञ्चालन गरिएको हाे।
अभियानवाट २५ हजार हस्ताक्षर संकलन गरि पठाउने समाजवादी माेर्चाकाे निर्णय अनुसार पाैष २८ गते सम्म जिल्लाका स्थानीय तह प्रमुख बजार तथा विद्यालयमा हस्ताक्षर संकलन गर्ने समाजवादी माेर्चा सल्यान संयाेजक तथा माओवादी केन्द्र सल्यान जिल्ला संयाेजक मान बहादुर मल्लले जानकारी दिनुभयो ।
विश्वमा शान्ति स्थापना गर्न तथा मानवताविरोधी हत्या जस्ता जनसंहार जस्ता हिंसात्मक गतिविधि राेक्न संयुक्त राष्ट्रिय संघमा ध्यानाकर्षण गर्न हस्ताक्षर संकलन गर्न थालिएको संयाेजक मल्लले बताउनुभयो ।
पहिलो दिनकाे हस्ताक्षर सञ्चालन अभियानमा नेकपा( माओवादी केन्द्र) सल्यानका जिल्ला अध्यक्ष मान बहादुर मल्ल प्रदेश समिती सदस्य नवीन सिहँ भडेल नेकपा( एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष राम कुमार खडकी सचिव रमेश गाैतम नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य मदन चन्द लगायतका नेताहरुकाे सहभागीता रहेको थियो ।