होमपेज / राजनीति
पौष १३, सल्यान ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय कोषाध्यक्ष सुदिप कुमार श्रेष्ठले सुनचाँदी व्यवसायीले राज्यलाई १५ अरव भन्दा बढी राजस्व तिरेपनि निति तथा कार्यविधिका कारण आफुहरू समस्यामा परेको बताएका छन ।
जिल्ला अधिवेशनको लागि सल्यान आएका उनले सुनको वितरण प्रणालीमा भएको विधभेदका कारण व्यवसायीहरू मारमा परेको भन्दै अब त्यसको समाधान गर्ने अभियानमा लागेको बताए ।
देशमा दैनिक २० केजी गरि ५ दिनमा १०० केजी सुन आयात हुने त्यसमध्ये ५० केजी बाग्मती अञ्चल र बाँकी ५० केजी १३ अञ्चलका लागि वितरण हुने भएकाले त्यो असमानता अन्त्य गर्ने अभियानमा आफुहरू लागेको उनको भनाई छ ।
२०६८ सालमा बनाईएको कार्यविधि अनुसार बागमतीले हालिमुहाली गरिरहेको सुन व्यवसायमा समानुपातिक वितरण प्रणाली लागू गर्न कार्यविधि निर्माणका लागि सबैको प्रतिनिधित्व हुनुपर्ने धारणा राखे ।
राष्ट्र बैकको गलत नितिका लागि अस्वस्थ्य प्रतिस्पर्धा भएको भन्दै उनले समयलाई चिनेर व्यापार गर्न नसक्दा र आधुनिकता तथा कर प्रणाली नबुझ्दा व्यवसायीहरू झमेलामा परेको बताए ।
व्यवसायीहरू ग्राहकको सुनकिन्दा, समयमा कच्चा पदार्थ नपाउदा, कर प्रणालीमा जान नसक्दा र सुन ओसार प्रसारमा समस्या हुदा समस्यामा परेको बताएका उनले केन्द्रीकृत व्यापारलाई राज्यले गरेको प्रोत्साहनले ग्रामिण क्षेत्रका व्यवयासी मारमा परेको धारणा राखे ।
उनले महंगो व्यवसायका कारण सुरक्षाको चुनौती बढ्नेहुदा खरिद सम्बन्धि विचार पुर्याएर राज्यका ऐन नियम विपरित गलत कृयाकलापबाट आएका गहनाको विल भर्पाई खोजेर भौचर तयार गरेमा अप्ठ्यारो नहुने बताए ।
उनले व्यवसायीको हित लागि आफुहरू तयार रहेको बताउदै भनेः "तपाई कार्यक्रम गर्नुस महासंघले बजेट पठाउछ । आधुनिक डिजाइनको लागि तालिम बनाउन महासंघ तयार छ । यहा खपत हुने गहना यहि उत्पादन हुनुपर्छ । कच्चा पदार्थ त दाङ नेपालगन्जबाट आउला तर गहना त यहि उत्पादन गर्नुपर्छ ।"
कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले सुनचादी व्यवसायले देशको अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले व्यवसायीहरूलाई पेशामा कटिबद्ध भएर लाग्न अनुरोध गरेका छन । । नीतिगत कुरा संगै देश, जनता र पेशा प्रति व्यवसायीहरू कटिबद्ध हुनुपर्ने बताए ।
सुनचाँदी परम्परा र रितिरिवाजसंग जोडिएकोले व्यवसायीले सानो त्रुटी गर्दा तरंग पैदा हुन्छ त्यसकारण ज्याला जर्दी का विषयमा आफै इमान्दारिता बन्नुपर्ने उनको भनाई छ ।
उनले कानुनलाई व्यवहारिक बनाउदै भएको कानुन पालना गरेर काम गरे कसंसंग डराउन नहुने र जनताको जिउ धनको सुरक्षा गर्ने राज्यको दायित्व भएकाले सानो लापरबाहीले ठूलो क्षती हुनसक्ने भएकाले समस्या समाधानका लागि प्रविधिको प्रयोग गर्नुपर्ने बताए ।
मेघराज सुनारको अध्यक्षतामा भएको पाँचौ अधिवेशन तथा नवौं साधारणसभाको संचालन भरत सुनारले गरेका थिए भने सहभागीलाई भरत सुनारले स्वागत मन्तव्यले स्वागत गरेका थिए ।
हाम्रो व्यवसाय हाम्रो एकता, सधैं एकता हुने हाम्रो प्रतिवद्धता भन्ने नारा सहित श्रीनगरमा भएको ९ अौं साधारण सभा तथा ५ अौं अधिवेशनको उद्घाटन समारोहमा जिल्लाका सुनचाँदी व्यवसायी र विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिध तथा पत्रकारको सहभागिता रहेको थियो ।