ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाल पत्रकार महासंघ सल्यानमा रावतको प्यानलनै विजयी

  सल्यान खबर २०८१ मंसिर २८ गते शुक्रबार १९:३५:४२ मा प्रकाशित

मंसिर २८,सल्यान 
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको अध्यक्षमा डिल्लीराज रावत निर्वाचित हुनु भएको छ । शुक्रबार सम्पन्न निर्वाचनमा रावत नेतृत्वको पुरै प्यानल विजयी भएको हो । 
 रावत ३५ मत ल्याएर निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्धन्द्धी तिलकराज ओलीले २५ मत ल्याउनु भयो । ओलीलाई १० मतले पछि पार्दै रावत निर्वाचित हुनु भएको हो । यस्तै खुला उपाध्यक्षमा ३६ मत ल्याएर शिवलाल डाँगी निर्वाचित हुँदा प्रत्यासी सन्तोष घर्तीले २६, सचिवमा वुद्धिमान पुनले ३४ मत ल्याएर निर्वाचित हुनु भयो भने उहाँको प्रतिस्पर्धी सञ्जिव देवकोटाले २६, सह सचिव पदमा इन्द्र बहादुर बुढाथोकीले ३९ मत ल्याएर निर्वाचित हुनु भयो । उहाँका प्रतिस्पर्धी उत्तर कुमार शाहुले २१, समावेशी सह सचिव पदमा ३२ मत ल्याएर खेमराज स्वर्णकार निर्वाचित हुँदा प्रत्यासी चुडामणी पुनले २८ मत प्राप्त गर्नु भयो । 

यस्तै कोषाध्यक्ष पदमा खगेन्द्र केसीले ३७ मत ल्याएर निर्वाचित हुनु भयो । उहाँका प्रत्यासी आशिष केसीले २३ मत ल्याउनु भयो । 
खुला सदस्य तर्फ महेश कुमार वली ४१, नविन रावत ३५, अमृत कुमार बुढाथोकी ४९, लिला कुमारी वली ३७ मत ल्याएर निर्वाचित हुँदा अमृत प्रसाद शर्माले २२ र प्रशिद्ध डाँगीले ३२ मत प्राप्त गर्नु भयो । 

यस्तै केन्द्रीय परिषद् सदस्य खुला तर्फ टिकाराम भण्डारी ३९ मत ल्याएर निर्वाचित हुँदा उहाँका प्रत्यासी मिन कुमार रेग्मीले १८ मत पाउनु भयो । 
सल्यानमा भएको पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियन, चौतारी र प्रेस सेन्टरबाट असन्तुष्ट भएको टिमको गठबन्धबाट तिललकराज वलीले अध्यक्षमा उम्मेदवारी दिनु भएको थियो भने प्रेस सेन्टर, समाजबादी प्रेस संगठन र जनपत्रकार संगठन नेपालको गठबन्धनबाट प्रेस सेन्टरका  डिल्लीराज रावतले उम्मेदवारी दिन ुभएको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top