ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादी केन्द्र शारदा नगरपालिकाको अध्यक्षमा बुढाथोकी निर्वाचित

  सल्यान खबर २०८१ भाद्र ९ गते आइतबार १७:५६:४० मा प्रकाशित

भदौ ९,सल्यान 
नेकपा माओवादी केन्द्रको शारदा नगर कमिटी अध्यक्षमा मोहनलाल बुढाथोकी निर्वाचित भएका छन । अध्यक्षका प्रत्यासी यज्ञ कुमार विकलाई १३ मतले पछि पार्दै बुढाथोकी अध्यक्षमा निर्वाचित हुनु भएको हो । निर्वाचित बुढाथोकीले २२ मत पाउदा प्रतिस्पर्धी विकले ९ मत पाउनु भएको थियो । अन्य पदहरुमा भने सर्वसम्वत नेतृत्व चयन भएको छ । 

सम्मेलनले वरिष्ठ उपाध्यक्षमा लिला बहादुर रोका, उपाध्यक्षमा चेत बहादुर गिरी र प्रकाश परियार, सचिवमा टोपेन्द्र बुढा मगर सह सचिवमा गणेश बहादुर बस्नेत र कोषाध्यक्षमा थुमा कुमारी थापालाई निर्वाचित गरेको छ । 

सर्वसम्मतका लागि अधिकतम प्रयास गरिएपनि त्यो सम्भव नभएकाले निर्वाचन प्रक्रियामा जानुुपरेको पार्टीका जिल्ला संयोजक मान बहादुर मल्लले बताउनु भयो । उहाँले भन्नु भयो “पार्टीमा स्वच्छ जनवादी अभ्यास र प्रतिस्पर्धाबाट नेतृत्व छानिएको छ, वडाबाट आएका प्रतिनिधिले ३३ सदस्यीय नगर कमिटी निर्वाचित गरे, तिनिहरुका विचमा चुनावी प्रतिस्पर्धा भयो ।”

निर्वाचन पछिको सपथ ग्रहण सहित प्रतिबद्धतामा अध्यक्षमा पराजित उम्मेद्वार यज्ञ कुमार विकले पार्टीमा राम्रो जनवादी अभ्यास भएको भन्दै आफुले आएको मतपरिणामलाई सम्मान गर्दै नगर कमिटीमा नै रहेर जनताको सेवामा लाग्ने बताउनु भयो । । उहाँले शारदाको पार्टी एकजुट भएर जाने र आफुले जुनसबै हालतमा पनि पार्टीको जिम्मेवारी पुरा गर्दै अगाडी बढ्ने दावी गर्नु भयो ।
नवनिर्वाचित अध्यक्ष मोहनलाल बुढाथोकीले आफुले नगरकमिटीमा रहेका सबैलाई क्षमता अनुसारको जिम्मेवारी दिने भन्दै पार्टीमा एकढिक्का भएर लाग्ने बताउनु भयो ।  ।  
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top