ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाल कम्युनिस्ट पार्टी सल्यानले रोप्यो धान

  सल्यान खबर २०८० श्रावण १० गते बुधबार २०:३०:४८ मा प्रकाशित

साउन १०,सल्यान 
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानले एक विगाहा क्षेत्रफलमा धान रोपाइँ सुरु गरेको छ ।
आत्मनिर्भर उत्पादन र आत्मनिर्भर पार्टीको उदेश्यसहित धान रोपाइँ सुरु गरिएको नेकपा सल्यानले जनाएको छ ।

 तुलसीपुर १५ दक्षिण कुरररेमा १ बिघा जमिन लिजमा लिई धान रोपाइँ सुरु गरिएको हो ।धान रोपाइँ उद्घाटन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम राप्ती ब्युरो इन्चार्ज सविन सीले उत्पादन मार्फत पार्टीलाई आत्मनिर्भर बनाउन धान रोपाइँ लगायत अन्य उत्पादन कार्यलाई अगाडि बढाएको बताउनु भयो ।

धान रोपाइँमा नेकपाका केन्द्रीय प्रतिनिधि समिती सदस्य तथा राप्ती ब्युरो कार्यालय सचिव विकास सी , नेकपा सल्यानका इन्चार्ज अनिल सी , नेकपा सल्यानका सेक्रेटरी वीर बहादुर सी, पार्टीका जिल्ला कमिटी सदस्य शेर बहादुर सी लगायत पार्टी निकट जवसरमोर्चाका नेता(कार्यकर्ताहरु सहित करिव २५ जना नेता(कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

धान रोपाइँ बिहीबार सकिने नेकपाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top