होमपेज / राजनीति
साउन ५,सल्यान
सल्यानको थारमारे, बडागाउँ, रागेचौर हुँदै रुकुम पश्चिमको चौरजहारी जोड्ने सडक खण्ड अन्तर्गत कुमाख गाउँपालिकाको बडागाउँ देखि चिसापानी सम्मको सडक हिलाम्मे सडक तत्काल निर्माण गर्न निर्माण व्यवसायीलाई कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले तत्काल काम गर्न निर्देशन दिनुभएको छ।
कर्णाली प्रदेश सरकारको बहुबर्षिय सडक अन्तर्गत निर्माणमा रहेको सल्यानको थारमारे, बडागाउँ, रागेचौर हुँदै रुकुम पश्चिमको चौरजहारी जोड्ने सडक खण्ड अन्तर्गत कुमाख गाउँपालिकाको बडागाउँ तकमारा गोलकपुरसम्म सडक निर्माण गर्ने जिम्मा पाएको धुलिखेल एप लाइट निर्माण कम्पनीका सञ्चालकलाई तत्काल काम गर्न मन्त्री शर्माले निर्देशन दिनुभएको हो।वर्षातको समयमा सडक हिलाम्मे हुँदा स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको र दैनिक कार्य समेत प्रभावित हुन पुगेको भन्दै मन्त्री शर्माले निर्माण व्यवसायीलाई तत्काल सडक मर्मत गरी सवारी साधन सहज रुपमा आवतजावत गर्न सक्ने बनाउन आग्रह गर्नु भएको छ ।
प्रदेश सरकारको बहुबर्षिय सडक अन्तर्गत निर्माणमा रहेको थारमारे चौरजहारी सडक खण्ड अन्तर्गत कुमाख गापा को तकमारा देखी गोलकपुर सम्म ९ किमी सडक निर्माणको कुल लागत ११ करोड रहेको छ।
डवल कटिङ गर्नु पर्ने र बर्सातको समयमा नागरिकले सास्ती पाउँदा टिपर मार्फत खाल्डो भर्ने काम गरेको तर बर्सातको समयमा ग्राभेलले खासै काम नगरेको भए तापनि खाल्डामा पानी जम्न नदिन टिपर मार्फत गिट्टी राख्ने निर्माण व्यवसायीले जनाएको छ।





.jpg)