ट्रेण्डिङ

होमपेज / राजनीति

वाइसिएल कपुरकोट गाउँपालिकाको चौथो सम्मेलन सम्पन्न

  सल्यान खबर २०८० जेठ ७ गते आइतबार २०:५६:२५ मा प्रकाशित

जेठ ७,सल्यान 
कपुरकोट गाउँपालिका स्तरीय वाइसिएल नेपालको चौथो सम्मेलन सम्पन्न भएको  छ। सम्मेलनले तुलाराम पुन अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरेको छ।

जसको उपाध्यक्षमा धन बहादुर बुढा र नारायण थापा, सचिव थमन पुन, पूर्का वि.क र भीमसेन भण्डारी सह सहसचिव, कोषाध्यक्षमा गोविन्द पुन र सह कोषाध्यक्षमा धन बहादुर पुन रहनु भएको छ । 

कार्यक्रममा  नेकपा माओवादी केन्दका केन्द्रीय सदस्य  तथा पुर्व सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत, वाइसिएल केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश अध्यक्ष सोभाराम भण्डारी , केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सेर बहादुर पुन केन्द्रीय सदस्य प्रतिभा वली कपुरकोट गाउँपालिका माओवादी केन्द्रका अध्यक्ष प्रकाश भण्डारी , सचिव बालाराम खड्का सह सचिव पवन कार्की  पार्टी अध्यक्ष  वडा नं १ बम बहादुर कवर वडा नं  तेजबहादुर थापा शिरीष वडा नं ३ नरेश घर्ती वडा नं ४ प्रेम बहादुर बुढा वडा नं ६  का हुकुम सिं वि.क लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top