ट्रेण्डिङ

होमपेज / राजनीति

भुटानी शरणार्थी प्रकरण विरुद्ध नेकपा (एकीकृत समाजवादी) सल्यानको प्रधानमन्त्रीलाई ज्ञापन पत्र

  सल्यान खबर २०८० जेठ ३ गते बुधबार १८:२५:३० मा प्रकाशित

सल्यान, ३ जेठ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेकाहरूलाई कारबाही गर्न कुनै कसुर बाँकी नराख्न ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाइएको छ । बुधवार नेकपा (एकीकृत समाजवादी) सल्यानले निमित्त प्रमुख जिल्ला अधिकारी थमन खड्का मार्फत प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएको हो ।

सरकारलाई दबाब सिर्जना गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय मार्फत ध्यानाकर्षण पत्र बुझाइएको पार्टीका जिल्ला अध्यक्ष हरि केसीले जानकारी दिनुभयो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेचबिखन र भ्रष्टाचार जस्तो जघन्य अपराधमा संलग्न भएका सबैलाई कारबाही गर्न र तिनीहरूलाई कुनै पनि बहानामा दोषमुक्त नबनाउन वा मुद्दालाई कमजोर तथा निश्प्रभावी नपार्न ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

नक्कली भुटानी शरणार्थी काण्डका भ्रष्टाचारीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन आजसम्म सरकारने राखेको अडान, कार्य र सक्रियताले आम नागरिकको बिचमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै ज्ञापन पत्रमा निराश जनता केही मात्रामा आशावादी बनेको उल्लेख गरिएको छ । देशका कतिपय उच्च पदस्थ नेता, उपप्रधानमन्त्री, मन्त्री, सांसद तथा उच्चपदस्थ कर्मचारीले नै देशका नागरिकहरूलाई अर्को देशको नक्कली नागरिक बनाई विक्री गर्नु मानव बेचबिखनको कार्य मात्र नभई राष्ट्रप्रतिको धोखा र राष्ट्र द्रोही कार्य भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top