ट्रेण्डिङ

होमपेज / राजनीति

उत्पादनमा जोड दिने खालका कार्यक्रम ल्याउछौ: मन्त्री शर्मा

  सल्यान खबर २०८० बैशाख २८ गते बिहीबार ०६:४७:४५ मा प्रकाशित

वैशाख २८, सल्यान 
कर्णाली प्रदेशका भूमि व्यवस्था  कृषि  तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले डुप्लीकेशन नहुँने गरि उत्पादनमा जोड दिने खालका कार्यक्रम ल्याउने बताउनु भएको छ ।
 बुधबार सल्यानको कपुरकोट गाउँपालिकामा बेमौसमी तरकारी खेतिको विस्तार र बजारीकरण बिषयक बृहत अन्तरकृया कार्यक्रममा बोल्दै मन्त्री शर्माले थोरै जमिनमा पनि धेरै तरकारी खेती गर्न सकिने गरि नयाँ अभ्यास गर्नुपर्ने बताउनु भयो । उहाँले सल्यान जिल्ला बेमौसमी तरकारी खेतिले मात्र परिचित भएकाले अव बाह्रैमास मौसमी तथा बेमौसमी तरकारी खेति गर्नुपर्ने बताउनु भयो । अव व्यक्ति अनुदानलाई नभएर कलस्टर तोकेर स्थानिय तहले गरेको सिफारिसका अनुसार कुन वडामा के आवश्यकता छ त्यसैको आधारमा कार्यक्रम बनाउने बताउनु भयो । 
उहाँले भन्नु भयो,“ विगतमा व्यक्ति अनुदान दिदा त्यसको दुरुपयोग भएको छ, देखिने गरि काम हुन सकेन, अव हामी नयाँ अभ्यासमा जादैछौ, प्रदेशले कृर्षि प्रवद्धन ऐन बनाईसकेकाले सो ऐन अनुसार हामी कार्यक्रम बनाउछौ । स्थानिय तहले क्षेत्र तोकेर पठाए मात्र कलस्टरमा जान्छौ । 
मन्त्री शर्माले तरकारी खेतिलाई बिस्तार र बजारीकरण गर्नको गर्नको लागि रोडकरिडोरलाई प्राथामिकता दिइने बताउनु भयो । 
कपुरकोटको तरकारीको भए जस्तै जिल्लाका अन्य पालिकामा पनि तरकारी उत्पादनलाई बढवा दिएर ब्रान्डीङ गर्नुपर्ने बताउनु भयो । जसको लागि उत्पादन बढाउन माटो परिक्षणलाई जोड दिने, किसानलाई तालिमको व्यवस्था गर्ने र प्रबिधिको जोडने खालको कार्यक्रम ल्याउने मन्त्री शर्माले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top