ट्रेण्डिङ

होमपेज / राजनीति

नेपालीलाई समृद्धिको नयाँ युगमा पुर्‍याउन सरकार कटिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

  सल्यान खबर २०८० बैशाख ९ गते शनिबार १२:२९:४० मा प्रकाशित

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पुर्‍याउन सरकार कटिबद्ध रहेको बताएका छन् ।

१५३ औं लेनिन जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले भनेका छन्, ‘नेपाली जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पुर्‍याउन सरकार कटिबद्ध छ । शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दायित्व हाम्रासामु छ ।’

देश अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्यवहारिक अभ्यासको चरणमा प्रवेश गरेको भन्दै उनले प्रतिगमनविरोधी वामपन्थी तथा लोकतान्त्रिक शक्तिको वर्तमान गठबन्धन सरकार हालसम्म प्राप्त उपलब्धिहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ रहेको समेत बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिलाई एकता तथा ध्रुवीकरण अभियानमा लामबद्ध हुन अपिल समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top